सिंगापुरको आदित्य बिरलालाई २५ हजार टन डिएपी मल खरिदको ठेक्का

सिंगापुरको आदित्य बिरला ग्लोबल ट्रेडिङ प्रालिलाई कृषि सामग्री कम्पनी लिमिटेडले २५ हजार टन डिएपी मल खरिद गर्ने ठेक्का दिएको छ । झण्डै दुई अर्ब ५६ करोड रूपैयाँ (एक करोड ८९ लाख ७५ हजार अमेरिकी डलर) मा नेपालमा डिएपी मल आपूर्ति गर्ने ठेक्का दिइएको कम्पनीका प्रवक्ता पूर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

कृषि सामग्री कम्पनीले प्रतिटन ७ सय ५९ डलरमा नेपालले मल किन्ने गरी ठेक्का दिएको हो । आदित्य बिरला ग्लोबल ट्रेडिङ प्रालिले वीरगञ्ज, विराटनगर र भैरहवामा मल आपूर्ति गर्नेछ ।

कृषि मन्त्रालयका अनुसार यो आर्थिक वर्षको असोज मसान्तसम्म १ लाख ५५ हजार ६ सय ८९ टन मल आयात भएको छ ।  चालु आर्थिक वर्षमा सरकारले रासायनिक मल आयातको लागि करिब २८ अर्ब बजेट विनियोजन गरेको छ । यो अवधिमा ५ लाख ५० हजार टन रासायनिक मल आयात गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *