महिला विश्वकप छनोट : नेपालको लगातार दोस्रो जित
आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । आज (बिहीबार) को खेलमा नेपालले कुवेतलाई १०८ रनले हरायो । नेपालले दिएको १३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा २२ रन बनाउँदा अलआउट भयो ।
कुवेतकी जीफा जिलानीले सबैभन्दा धेरै १२ रन बनाइन् । नेपालकी रचना चौधरी र सीमाना केसीले समान २ तथा कप्तान पूजा महतो, कृष्मा गुरुङ र मनिशा उपाध्यायले समान १ विकेट लिए । यसअघि यूएईमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनायो । नेपालकी कप्तान पूजा महतोले ३४, साना प्रविनले २५, ज्योत्सिका मरासिनीले २३ रन बनाइन् । कुवेतकी अयशा एकवालले २ विकेट लिइन् ।
नेपालले हिजो भएको पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले हराएको थियो । अब नेपालले आउँदो शनिवार यूएईसँग, कात्तिक २५ गते थाइल्याण्डसँग, कात्तिक २७ गते कुवेतसँग र अन्तिम खेलमा कात्तिक २८ गते यूएईसँग खेल्नेछ । चार वटा टोली सहभागी प्रतियोगिताको शीर्ष टोली अर्काे वर्ष मलेसियामा आयोजना हुने विश्वकपमा छनोट हुनेछ ।
प्रतिक्रिया