फेवाफाँटको जेठोबुढोमा गभारो : भित्र्याउने बेला धान न पराल

जेठोबुढो धानको ‘पकेट’ क्षेत्रका रुपमा परिचित  पोखराको फेवाफाँटका किसान बालीमा गभारो लागेकाले चिन्तित  छन् । बालमा अन्न लागेको छैन ।  पराल पनि पशुले नखानेगरी बिग्रिएको छ ।

गभारोका कारण यहाँको एक हजार रोपनी क्षेत्रफलमा लगाएको जेठोबुढो खेर गएको तथा अरोगका कारण पराल पनि उपयोग नहुने स्थानीय किसान देविललाल लामिछानेले दुखेसो गरे । गभारोले यस अघि बाली सखाप  नपारेको अनुभव उनले सुनाए । रोगबारे आफूहरू अनभिज्ञ रहेको पीडत किसानले बताएका छन् ।

यसैबीच, पोखरा महानगरपालिका कृषि महाशाखाको एक टोलीले  फेवाफाँट पुगेर बाली निरीक्षण गरेको छ । ‘फेवाफाँटमा गभारोको प्रकोप रहेछ । समयमा नै जानकारी पाएको भए क्षति घटाउन सकिन्थ्यो अब ढिलो भइसकेछ’, महाशाखा प्रमुख मनोहर कडरियाले भने । साथै उनले पीडित किसानलाई कृषि सम्बद्ध संस्थाहरूबाट सहयोग हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *