भारतसँग पञ्चेश्वर जलविद्युत आयोजना चाँडै अगाडि बढाउने सहमति भयो : ऊर्जामन्त्री खड्का
२१ कार्तिक २०८१ १८:५७
ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पञ्चेश्वर जलविद्युत आयोजना चाँडै अगाडि बढ्ने बताएका छन् । बुधवार तीन दिने भारत भ्रमण सकेर स्वदेश फिर्ता भएका ऊर्जामन्त्री खड्काले यस्तो बताएका हुन् ।
उनले भारत सरकारसँग पञ्चेश्वर जलविद्युत आयोजना चाँडै अगाडि बढाउने विषयमा सहमति भएको बताउँदै नेपाल र भारतबीचमा आयोजना अगाडि बढाउने विषयमा रहेका असहमतिलाई एक आपसमा समन्वय गरी तत्काल अगाडि बढाउने विषयमा दुई देशबीच सहमति भएको उल्लेख गरे ।
उनले भारतले पञ्चेश्वर लगायतका अन्य अरुण तेस्रो तथा तटबन्ध देखि सिंचाई र ऊर्जाको क्षेत्रमा आवश्यकताअनुसार अझ बढी सहयोग गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए ।
प्रतिक्रिया