बेतेनी गाईज समुहद्वारा रक्त सञ्चार केन्द्र स्थापनाका लागि आर्थिक सहयोग

रक्त सञ्चार केन्द्र (ब्लड बैंक) स्थापना लागि बेतेनी गाइज समुहले पाल्पा रेडक्रसलाई २५ हजार रूपैया आर्थिक सहयोग गरेको छ ।

बडादशै, तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी समुहका अध्यक्ष कृष्ण बहादुर थापाले उक्त रकम पाल्पा रेडक्रसका सभापति बाबुराम बहादुर कार्कीलाई रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा समुहका अध्यक्ष थापाले भने, ‘जिल्लामा राम्रा अस्पतालहरु भएता पनि यतिका वर्ष सम्म पनि रक्त सञ्चारको स्थापना नहुनु आफैमा दुःखको कुरा हो, जसबाट यस जिल्ला लगायत छिमेकी जिल्लाबाट यहाँ उपचार गर्न आएका बिरामीहरुलाई रगतको अभाव हुने र जुटाउन निकै गाह्रो हुने र जुटाउनका लागि बुटवल दौडिनु पर्ने वाध्यता छ । तर रगत जस्तो अत्यावश्यक कुरालाई बुटवलबाट ल्याउन समय अभाव, भौगोलिक जटिलता लगायत समस्याले गर्दा बिरामीहरुको अकालमा ज्यान जाने गरेको छ साथै जोखिम निराकरण गर्न पनि पाल्पामा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) स्थिापना छिटो भन्दा छिटो गर्ने जरुरी छ, अहिले गाउँघर युवा बिहिन छ तर पनि शहर बसेका हाम्रा युवाहरु समय समयमा गाउँमा आएर सामाजिक कार्य गरेको देख्दा धेरै नै खुसी लागेको छ र अझै आगामी दिनमा पनि स्थानिय तह, गाउँपालिका, वडा संग समन्वयन गरि स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा एक ढिक्का भई गाउँ विकासमा जोडिन अनुरोध गर्दछु’ ।

सहयोग हस्तान्तरण प्रश्चात कार्यक्रममा बोल्दै पाल्पा रेडक्रस सोसाइटीका सभापति बाबुराम कार्कीले भने-‘अहिले हरेक मानिसमा रक्तदान गर्नुपर्छ , गर्दा राम्रो हुन्छ भन्ने सोच गाउँगाउँमा रहेको छ तर नजिक रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नभएको कारण मानिसहरु उक्त कुराबाट मानिसहरु बञ्चित हुनु परेको छ र हरेक गाउँगाउँमा यस्था निस्वार्थ सामाजिक कार्य गर्ने युवा समुह, सस्थाहरु भए स्वास्थ्य संग जोडिएको हरेका कुराहरु सहज र उपयुक्त हुने थियो । साथै अहिले हरेक क्षेत्रमा हुने सामाजिक कार्यक्रम भइरहदा मान्छेहरुले उक्त कार्यक्रममा राजनितिकलाई जोडेर हेर्ने, राम्रा कामलाई पनि पुरा हुन नदिने, असहयोग गर्ने लगायतका समस्याहरु आई परेको देखिन्छ ।’

बेतेनी झरनाको नामबाट स्थापना भएको यस समुहमा ३१ सदस्य रहेका छन । समुहले हरेक महिना सदस्यहरुबाट मासिक रकम उठाउदै आएको छ ।उठेको रकमको केही प्रतिशत रकम विभिन्न सामाजिक कार्यक्रमहरु जस्तैः जेष्ठ नागरिक सम्मान, रक्तदान, दुःखी असायलाई आर्थिक सहयोग लगायतका कार्यक्रमहरुमा खर्च गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *