दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
२० कार्तिक २०८१ १८:१०
संयुक्त राष्ट्र संघको दक्षिण सुडान स्थित शान्ति मिसनमा तैनाथ रहन हाई रेडिनेश गुल्म श्री ईश्वरीबक्स गुल्म-शान्ति सेना,आठौँ डफ्फाका १५० जना नेपाली शान्ति सैनिकहरू मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।
प्रमुख सेनानी सन्तोष चन्दको नेतृत्वमा रहेको उक्त टोली संयुक्त राष्ट्र संघको चार्टर विमानद्वारा काठमाडौँबाट मिसन इलाकातर्फ प्रस्थान गरेको हो ।
त्यसैगरी सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी श्री समरजीत गुल्म सातौँ डफ्फाका १३५ जना शान्ति सैनिकहरूको टोली कार्तिक १९ गते नै सेनानी मनकाजी श्रेष्ठको नेतृत्वमा स्वदेश फर्किएका छन् ।
प्रतिक्रिया