लय गुमाएको नेपाली क्रिकेट टिमको कमजोरी केलाउन जरुरी

नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले लय बाहिर रहेको छ । नेपालले आईसीसी विश्व कप लिग टुमा अत्यन्तै खराब प्रदर्शन गर्दा नेपालको विश्व कप छनोटको सम्भावना कमजोर भएको छ । अंक तालिकाको शिर्ष ४ मा रहने टिम विश्वकप ग्लोवल क्वालिफायरको लागि छनोट हुने प्रावधान रहेको छ ।

नेपालले आईसीसी विश्व कप लिग टु अन्तर्गत अमेरिकामा सम्पन्न त्रिकोणात्मक सिरिजको नेपाल र स्कटल्याण्डबीचको अन्तिम खेल रद्ध भएको छ । आँधीहुरीको सम्भावनाको कारण खेल रद्ध भएको हो। नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको अवस्थामा खेल रोकिएको हो । दिउँसो १ बजेदेखि ४ बजेसम्म आँधीहुरीको सम्भावना रहेको अमेरिकी मौसम विभागले जनाएको थियो । योसँगै नेपाल र स्कटल्याण्डले समान १÷१ अंक बाँडेका छन् ।

नेपालले अहिलेसम्म कुल १२ खेल खेलेको छ । जसमा मात्र २ खेल जितेको छ । यो अत्यन्त खराब प्रदर्शन हो । ८ खेलमा नेपालले हार व्यहोरिसकेको छ । यो हार सङ्ख्याले पनि नेपाल लयमा नरहेको स्पष्ट पार्छ । दुई खेल रद्ध भएको छ । नेपाल मात्र ६ अंकसहित ८ टिम सहभागी लिग टुको अंक तालिकाको सातौं स्थानमा छ । आठौं स्थानमा रहेको युएईले भने नेपालले भन्दा तीन खेल कम खेलेको छ । १२ खेल सकिँदा नेपाल पहिलो पटक क्यानडासँग हारेको छ । हारको श्रृंखला निरन्तर जारी छ ।

लिग टु कप २०२४–२७ को यात्रा शुरू गर्दा नेपालले एसोसियटको शिर्ष टोली बन्ने लक्ष्य बनाएको थियो । जुन सम्भव पनि देखिएको थियो । किनकी पछिल्लो लिग टुमा १२ मध्येको ११ खेल जित्दै विश्वकप छनोटमा प्रवेश गरेको थियो । यसपछि नेपालले एकपछि अर्को सफलता प्राप्त गर्‍यो ।

नेपालको सफलता चुचुरोमा नै पुगेको थियो । नेपालले घरेलु मैदानमा पहिलो पटक एसिसी प्रिमयर कप मात्र जितेन । दोही सफलतामा पहिलो पटक एशिया कपको लागि छनोट पनि भयो। एशिया कपमा पनि जाइन्ट राष्ट्रहरू पाकिस्तान र भारतसँग नेपालले जुन प्रदर्शन ग¥यो । त्यो सराहनीय थियो । लगत्तै टी ट्वान्टी विश्व कप एदिया छनोटको फाइनलमा पुग्दै नेपालले १० वर्षपछि टी ट्वान्टी विश्व कप खेल्यो ।

यी सफलतामा नेपालको उच्च प्रदर्शनले सबैको मन जित्यो । तर यसपछि भने एकाएक नेपालको प्रदर्शन खस्किँदै गएको छ । हसको कारण लिग टुको १२ खेलमा ८ खरल हार्न पुग्यो । जित्न बिर्सेको अनि क्रिकेट खेल्न बिर्सेको जस्तै बनेको छ अहिलेको टिम । त्यसैले अब टिमको कमीकमजोरी केलाउन जरूरी छ । टिमभित्र केही समस्या भए सुल्झाउन ढिला भइसेकेको छ । यो टिमले नतिजा दिनैपर्छ । किनकी नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमलाई पछिल्लो समय भरपुर लगानी गरेको छ । तयारीमा कुनैपनि कन्जुस्याईं गरेको छैन ।

खराब प्रदर्शनको कारण नेपाली टिमको खेल्ने शैली ट्वान्टी ट्वान्टी जस्तो छ । अनि नेपाली खेलाडीको प्रदर्शनमा एकरूपता नै छैन । अब नेपाली टिम स्वदेश फर्किए लगत्तै नेपाल प्रिमियर लिगमा व्यस्त हुनेछन् । यसपछि लिग टु २०२५ को मेमा स्कटल्याण्डमा खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर