
आईजीपी कुँवर इन्टरपोलको ९२औं महासभामा सहभागी


प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवर अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को ९२ औँ महासभामा सहभागी भएका छन् ।
९२औं महासभा कात्तिक १९ गतेदेखि सुरु भएको छ। यो महासभा २२ गतेसम्म चल्नेछ।
महासभामा सहभागी हुन सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) अन्जनी कुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल शाहसमेत बेलायत प्रस्थान गरेका छन्।
इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रका प्रतिनिधि सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्वपूर्ण नीतिगत विषयमा मतदानद्वारा निर्णय गर्ने प्रावधान छ।
आईजी कुँवरको अनुपस्थितिमा नेपाल प्रहरीको कार्यबाहक संगठन प्रमुखको जिम्मेवारीमा एआईजी टेकप्रसाद राईले काम गरिरहेका छन्।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया