मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना

मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना भएकी छन् । ९७ वर्षीया शाहको स्वास्थ्यमा अचानक समस्या आएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव फणिराज पाठकले जानकारी दिए ।

चिकित्सकहरूका अनुसार उनको छातीमा संक्रमण देखिए पनि अवस्था सामान्य रहेको छ । बृद्ध शरीर भएकाले अझ स्वास्थ्य नबिग्रियोस् भनेर ‘अब्जरभेसन’ का लागि अस्पताल भर्ना गरिएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर