जुम्लामा राष्ट्रिय परिचयपत्र बनाउन टोली परिचालन

सरकारले विभिन्न सेवासुविधा लिनका लागि  राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जुम्लामा परिचयपत्र बनाउनेको सङ्ख्या बढेको छ। जिल्ला प्रशासन कार्यालय जुम्लामा गत एक वर्षको अवधिमा ६ हजार पाँच सय ५६ जनाले राष्ट्रिय परिचयपत्र बनाएको प्रशासन शाखाका कम्युटर अपरेटर हेमन्त पुलामीले जानकारी दिए।

कार्यालयको राष्ट्रिय परिचयपत्र शाखामा दैनिक ८० जनाभन्दा बढीको सङ्ख्यामा सेवाग्राही आउने गरेको कार्यालयले जनाएको छ।चालु आर्थिक वर्षको असोज मसान्तसम्म एक हजार दुई सय २९ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेको जिल्ला प्रशासन कार्यालयका प्रजिअ रामबहादुर शाहीले बताए।

त्यहाँका आठवटै स्थानीय तहका वडामै पुगेर राष्ट्रिय परिचयपत्र बनाउनेको टोलीसमेत खटाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। स्वदेशमा रोजगारीको सम्भावना नदेखेपछि विदेश जाने तयारीस्वरुप राहदानी लिनेको संख्या पनि बढेको जिल्ला प्रशासन कार्यालयको राहदानी फाँटले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *