घरको पर्खाल भत्किएर मजदुरको मृत्यु

सर्लाहीमा निर्माणाधीन घरको पर्खाल भत्किएर एक मजदुरको मृत्यु भएको छ । उक्त घटनामा एक जना घाइते भएका छन् ।

बरहथवा नगरपालिका-७ मा राजनारायण साहको निर्माणाधीन घरको पर्खाल भत्किएर च्यापिँदा आज बसवरिया गाउँपालिका-३, बगलवाका १७ वर्षीय रविन माझीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

घाइते माझीको बरहथवा बजारस्थित भेनस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सोही घटनामा परेर बरवरिया गाउँपालिका-३, क्याम्प चोकका १९ वर्षीय विकास महतो घाइते भएका छन् । उनको बरहथवास्थित ह्याप्पी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर