
एयर इण्डियाको जहाजमा बमको ‘हल्ला’, यात्रुलाई सास्ती


एयर इण्डियाको जहाजमा कुनै खतरनाक बस्तु नभेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान दिल्ली उड्ने लागेको छ । यसअघि उड्न उड्न तयार जहाजमा बम रहेको सूचना आएपछि सबै यात्रुलाई ओरालेर जाँच गरिएको थियो ।
दिउँसो ३:३९ मा १६८ यात्रु लिइ आएको जहाज सबै यात्रु ओरालेर दिल्लीको फ्लाइटको तयारी गरिरहेका बेला दिउँसो ४ः३१ बजे बम थ्रेट रहेको सूचना आएको थियो । नागरिक उड्ययन प्राधिकरणमा यस्तो सूचना आएपछि प्रहरी टोली र नेपाली सेनाको टोलीले जाँच गरेको थियो ।
जाँचका क्रममा कुनै विष्फोटक पदार्थ नभेटिएपछि सुरक्षाकर्मीले क्याप्टेनलाई जहाज जिम्मा लगाएका थिए । कुनै खतराको सूचना आएपछि त्यसलाई अनिवार्य रुपमा जाँच गर्नुपर्ने प्रोटोकल छ । काठमाडौँ हुँदै दिल्ली जान १६० जना यात्रु सबै जना बोर्डिङ भई सकेको तथा प्रस्थान हुने यात्रुहरुको लगेज –व्याग) समेत लोड गरिसकिएको थियो ।
ती सबै लगेजहरू झारी पुनः कुकुर समतेको सहयोगा जाँच गरिएको विमानस्थल प्रहरी प्रमुख एसएसपी डम्बरबहादुर बिकले जानकारी दिए । यसअघि पनि गत साता एयर इण्डियाकै जहाजमा बम रहेको हल्ला चलेको थियो । त्यसअघि भिस्ताराको जहाजमा पनि बम थ्रेटको सूचना आएको थियो । तर ती दुवैमा कुनै खतराजन्य पदार्थ भेटिएको थिएन । पटक–पटक आइरहेका यस्ता बमको हल्लाका कारण यात्रुले सास्ती व्यहोर्नु परिरहेको छ ।
- ज्ञानेन्द्रलाई भिलेनको संज्ञा दिँदै प्रचण्डले भने- राजनीतिक दललाई धोका नदिएको भए राजतन्त्र टिक्न सक्थ्यो
- ७ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
- परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न माग
- पश्चिमा देशहरूले फरक-फरक किसिमको व्यवहार गर्दा विश्वको शान्ति खल्बलियो : विश्व नेताहरू
प्रतिक्रिया