
रवि लामिछानेलाई बुटवलमा उपस्थित गराउन रुपन्देही प्रहरीको पत्राचार


फाइल फोटो
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई उपस्थित गराउन रुपन्देही प्रहरीले कास्कीमा पत्र पठाएको छ ।
कार्तिक २ मा पक्राउ परेका पूर्वगृहमन्त्री लामिछानेलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । अनुसन्धान अधिकृतहरूले उनको बयान लिएका छन् ।
प्रहरीका अनुसार बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न सभापति लामिछानेलाई उपस्थित गराउन पत्राचार गरिएको हो ।
सुप्रिम सहकारीबाट उनको नाममा ऋण प्रवाह भएको भेटिएको छ । सुप्रिमबाट लामिछानेले २०७७ चैत १८ मा २ करोड ऋण लिएका हुन् । उक्त रकम गोरखा मिडिया नेटवर्क प्रा.लिको ग्लोबल आईएमई बैंक लिमिटेडेको खातामा जम्मा गरेको भेटिएको छ ।
प्रतिक्रिया