कोरला नाका हेर्ने सशस्त्रको बिओपीमा निर्मित ब्यारेक भवन उद्घाटन
१४ कार्तिक २०८१ १९:२१
नेपाल र चीनको सिमानामा पर्ने कोरला नाका स्थित सशस्त्र प्रहरीको बिओपीमा निर्मित ब्यारेक उद्घाटन गरिएको छ । गृहमन्त्री रमेश लेखकले बुधबार मुस्ताङको लामान्थाङ गाउँपालिका-४ स्थित नेचुंगामा निर्माण भएको ब्यारेक उद्घाटन गरेका हुन् ।
गृहमन्त्रीले अध्यागमन कार्यालय भवनको पनि उद्घाटन गरेका छन् । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गृहसचिव गोकर्णमणि दुवाडी, आइजिपी बसन्त कुँवर, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा सहभागी थिए ।
प्रतिक्रिया