
१४ अंकले घट्यो नेप्से, कारोबार रकम कति ?


बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४.४३ अंकले घटेको छ । आज नेप्से ०.५३ प्रतिशतले घटेर २६७७.६२ विन्दुमा पुगेको हो ।
५ अर्ब ९५ करोड ३९ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयर कारोबार भएको छ ।
उक्त समयमा ७५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ । आज ३०५ वटा कम्पनी कारोबारमा आउँदा ५९ हजार ६९८ पटक शेयर किनबेच भएको छ।
प्रतिक्रिया