नेपाल र बंगलादेशको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने

साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली आज दशरथ रंगशालामा जाने भएका छन्।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

बुधबार साँझ साढे ६ बजे हुने फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने भएका हुन् । प्रधानमन्त्री ओलीले खेल अवलोकन र उपाधि विजेतालाई पुरस्कारसमेत वितरण गर्ने कार्यक्रम रहेको छ ।

सातौँ संस्करणसम्म आइपुग्दा नेपाल पाँच पटक फाइनलमा पुगेको छ। तर, उपाधि भने हालसम्म पनि उचाल्न सकेको छैन। त्यसकारण आजको खेलमा उपाधि जित्ने लक्ष्यसहित नेपाल मैदान उत्रनेछ।

नेपालले सेमिफाइनलमा भारत र बङ्गलादेशले भुटानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *