प्रधानसेनापतिद्वारा जुम्लास्थित बाहिनी अड्डा र देवीदत्त गणको निरीक्षण भ्रमण

प्रधानसेनापति अशोक राज सिग्देलले जुम्ला जिल्ला स्थित श्री नं.२४ बाहिनी अड्डा र श्री देवीदत्त गणको निरीक्षण भ्रमण गरेका छन् ।

सोमबार निरीक्षण भ्रमणको दौरान प्रधान सेनापतिले बाहिनी अड्डा तथा गणको वस्तुस्थिति बारे जानकारी लिई आवश्यक निर्देशन दिएका थिए ।

सो अवसरमा उनले दुवै ब्यारेक हाताको अवलोकन गर्नुका साथै सकल दर्जालाई सम्बोधन समेत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *