सशस्त्र प्रहरी बलमा अनिवार्य अवकाशको व्यवस्था यही वर्ष ऐनमा समेट्न परमादेश (पूर्णपाठसहित)

सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलमा अनिवार्य अवकाश लगायतका व्यवस्था यसै आर्थिक वर्षभित्र ऐनमा समेट्न परमादेश जारी गरेको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले गत असोज १० गते सुनाएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो ।

सशस्त्र प्रहरी नायब महानिरीक्षकद्वय अभीकुमार खत्री, दुर्गाप्रसाद भट्टराईसहित १२ जनाले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले अनिवार्य अवकाशका सम्बन्धमा अदालतबाट पटकपटक निर्देशनात्मक आदेश जारी हुनका साथै ध्यानाकर्षण आदेशसमेत जारी भएको उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *