गैरआवासीय नेपालीलाई खेलकुद सद्भावना दूत बनाउने तयारीमा छौँ : खेलकुदमन्त्री

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले गैरआवासीय नेपालीलाई खेलकुद सद्भावना दूत बनाउने तयारी गरिरहेको बताएका छन् ।

सोमवार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले निकट भविष्यमै खेलकुद सद्भावना दूत गैरआवासीय नेपालीलाई बनाउनका मन्त्री परिषद्मा प्रस्ताव लैजाने कोसिस गरिरहेको बताए । उनले नेपालको खेलकुद क्षेत्रको विकासका लागि लगानी गर्न गैरआवासीय नेपालीहरूसँग आह्वान गरे । उनले अन्तर्राष्ट्रिय स्तरको फुटबल रंगशाला बनाउन जग्गाको खोजी भइरहेको तर नपाएको गुनासो गरे ।

उनले भने ‘निकट भविष्यमा खेलकुद सद्भावना दूत हामीले एनआरएनए नै राख्ने कोसिस गरिरहेका छौँ । चाँडो भन्दा चाँडो मन्त्रीपरिषद्बाट जाँदैछ । खेलकुद दूत भनेर हामी राख्न कोसिस गरिरहेका छौँ । हिजो मात्रै फुटबलको साफको महिला गेम भारतसँग भएको थियो । नेपालीले दुःखसुखका साथ संघर्षका साथ विजय प्राप्त भयो । त्यहाँको भौतिक पूर्वाधार हेर्दा त्यहाँ अट्ने नअट्ने दर्शकहरूको धेरै महसुस गरेका थियौँ । हामीले व्यापक रुपमा जग्गा खोजी गरिरहेका छौँ । फिफाले व्यापक लगानीको कोसिस गरिरहेको छ तर हामीले अहिलेसम्म जग्गा प्राप्त गर्न सकेका छैनौँ । हामीसँग भलिबलको मन्टीपल्पस बिल्डिङहरू छैन ।’

खेलकुदमन्त्री चौधरीले युवा नीति तयार गरी कानुन र अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर