खोकनाका किसानलाई धान भित्र्याउने चटारो, उत्पादनको क्षेत्रलाई आवास क्षेत्र बनाएको गुनासो

तिहार शुरु हुनै लाग्दा काठमाडौं उपत्यकाका किसानलाई धानबाली भित्र्याउने चटारो छन् ।

मंसिर लाग्न नपाउँदै धानबाली पाकेपछि काठमाडौं, ललितपुर र भक्तपुरका किसान यतिबेला व्यस्त छन् । तिहारअघि नै धान बाली भित्र्याउने चटारो उपत्यकाका किसानलाई छ । मौसममा सुधार आएसँगै ललितपुर खोकनाका किसान यति बेला धान भित्र्याउने चटारोमा छन् । गत असार–साउनमा रोपेको धान समयअगावै पाकेकाले खोकनाका किसानहरु तिहारअघि धान भित्र्याउन व्यस्त भएका हुन् । खोकनाका किसानले खेतमा पोखरेली, ताइचिन र मसिनो धानको खेती गरेका छन् । ललितपुर महानगरपालिका भित्र पर्ने खोकनाका अधिकांश मानिसहरु कृषिमा आश्रित छन् । तर काठमाडौँ–निजगढ द्रुतमार्ग लगायत सरकारले आवास क्षेत्र घोषणा गरेसँगै धानखेती कमी हुँदै आएको खोकनाका किसान बताउँछन् । सरकारले आवास क्षेत्र घोषणा गरेकाले धान खेती गरेपनि समय बीउ सरकारले दिन छाड्ेको गुनासो गरे ।

किसानहरुले विकास निर्माणका नाममा उर्वर भूमि मास्न खोजिएकाले भविष्यमा आफ्नै उब्जनीको खान नपाउने अवस्था आएको बताए । विगतका वर्षहरुमा तिहारपछि धानबाली भित्र्याउने गर्दथे । यो वर्ष समयअगावै धान पाकेकाले धान भित्र्याउने चटारो रहेको किसान बताउँछन् । ललितपुर खोकनामा किसान सद्धिचरण डंगोलले विगतको भन्दा उत्पादनमा कमी आएको बताए । उनले विगतमा प्राङ्गरिक मल हुँदा धान बाली राम्रो हुने गरेको तर अहिले रासायनिक मल प्रयोग गर्दा विगतको जस्तो धान फल्न नसकेको बताए । उनले खेती गर्ने जग्गामा अहिले सरकारले आवास क्षेत्र बनाएकाले खेतीगर्दा पनि खोकनाका लागि सरकारले रासायनिक मल पनि दिन नसकेको गुनासो गरे ।

उनले भने,‘विगतको भन्दा उत्पादनमा कमी आएको छ । विगतमा प्राङ्गरिक मल हुँदा धानका बाला राम्रो लाग्थ्यो । अहिले रासायनिक मल प्रयोग गर्दा विगतको जस्तो धान फल्न सकेको छैन । पहिला खेतीपती गर्ने जग्गामा अहिले सरकारले आवास क्षेत्र बनाएकाले खेतीगर्दा पनि खोकनाका लागि सरकारले रासायनिक मल पनि दिन गाह्रो मान्ने गरेको छ । विगतको भन्दा मानिसहरुको बस्ती भएकाले धेरै खेतीयोग्य जमिन छैन ।’

ललितपुर बुङमतिका किसान रामचन्द्र महर्जनले अन्न उत्पादन गर्ने क्षेत्रलाई सरकारले आवास क्षेत्र घोषणा गर्नु गलत भएको बताए । उनले अहिले भारतले नाकाबन्दी गरेर दुःख दिइरहेको अवस्थामा उत्पादन हुने क्षेत्रलाई आवास क्षेत्र बनाउन नहुने बताए । उनले अहिले विगतको तुलनामा पछिल्लो समय धान उत्पादनमा कमी रहेको बताए । उनले भने,‘अन्न उत्पादन गर्ने क्षेत्रलाई सरकारले आवास क्षेत्र घोषणा गर्न थाल्यो भने के खाएर बस्ने हो । अहिले भारतले नाकाबन्दी गरेर दुःख दिइरहेको छ । महंगी बढेको छ । चार रोपनीमा धान फलाएको छु । विगतको तुलनामा धान फल्न सकेको छैन । सरकारले समयमा मलको उपलब्ध नगराउँदा उत्पादन बढ्नेको छैन ।’

ललितपुर बुङमतिका अर्का किसान रामकृष्ण महर्जनले पनि विगतको तुलनामा धान उत्पादन कमी आएको बताए । उनको रासायनिक मल नपाउँदा धान उत्पादन कमी भएको भनाई थियो । ललितपुर खोकनामा सानु डंगोलले पनि विगतको तुलनामा अहिले रासायनिक मलको मात्रै भर पर्दा धान उत्पादन कमी आएको बताए ।

समय अगावै धान पाकेकोले अहिले भक्तपुर,ललितपुर र काठमाडौंका किसानले धानबाली काटिसकेका छन् । दशैँ मनाएसँगै धान भित्र्याउने चटारोले अहिले किसानको दैनिकी खेतमै बित्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर