बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी हिरासतमै मृत भेटिए

बलात्कार आरोपमा पक्राउ परेका एकजना सशस्त्र प्रहरी हिरासतमै मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही स्थित वडा प्रहरी कार्यालयको नियन्त्रणमा रहेका उनले हिरासतमै आत्महत्या गरेका हुन्।

वडा प्रहरी कार्यालयको शौचालय भित्र उनले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। सोमवार बिहान आफुले लगाएको कपडाले घाटीमा पासो लगाएका थिए।

गत असोज २४ मा भलुबाङका १४ र ८ बर्षिया दुई बालिकालाई बलात्कार गरेको आरोपमा भालुबाङ स्थित शस्त्र प्रहरी बल ज्वाला माइगणका दुई सशस्त्र प्रहरीलाई नियन्त्रणमा लिइएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर