आइसिसी विश्वकप लिग-२ : नेपाल अमेरिकासँग ३ विकेटले पराजित
१२ कार्तिक २०८१ ७:१५
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ शृङ्खलामा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको छ । दुई सय ८७ रनको लक्ष्य अमेरिकाले ४९ ओभर चार बलमा सात विकेट गुमाएर पूरा गर्यो ।
अमेरिकाका ओपनर शयान जहाजिंगरले ९७ बलमा १२ चौका र ४ छक्कासहित एक सय चार बनाए । नेपालका कुशल भुर्तेलले ६ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले २ र ललित राजवंशीले १ विकेट लिए ।
नेपालले अव भोलि स्कटल्यान्डसँग खेल्नेछ । लिग–२ मा ९ खेलमा ३ अङ्कसहित नेपाल तालिकाको सातौं स्थानमा छ । अमेरिका दोस्रो र क्यानडा शीर्ष स्थानमा छ ।
प्रतिक्रिया