प्रधानसेनापतिसँग भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमण दलद्वारा शिष्टाचार भेट

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमण दलले शिष्टाचार भेटघाट गरेको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डामा आइतबार प्रधान सेनापति सिग्देल र भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमण दलबीच भेटघाट भएको हो ।

राष्ट्रिय सेवा दलको वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालित युथ एक्सचेन्ज प्रोग्राममा सहभागी हुन भारतीय सेनाका विंग कमान्डर पीआर पोंनाप्पाको नेतृत्वमा १८ सदस्यीय भारतीय सेनाको टोली कार्तिक ५ गतेदेखि नेपालमा रहेको छ ।

विसं २०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दल, नेपालमा तालिमरत क्याडेट छात्र/छात्राहरूले विसं २०२६ सालबाट विभिन्न देशहरूमा सञ्चालित युथ एक्सचेन्ज प्रोग्राममा सहभागिता जनाउँदै आई रहेका छन् ।

यस कार्यक्रम अन्तर्गत नेपालबाट हालसम्म भारत, श्रीलंका, बांङ्लादेश, भुटान, मालदिभ्स, पाकिस्तान, सिंगापुर लगायतका देशहरूमा राष्ट्रिय सेवा दलका क्याडेट छात्र छात्राहरूले भ्रमण गरिसकेका छन् । नेपाल भ्रमणमा रहेको भारतीय नेशनल क्याडेट क्रप्सका टोलीलाई लक्षित गरी सञ्चालन भएका विभिन्न कार्यक्रमहरूमा नेपालको राष्ट्रिय सेवा दलका छात्र/छात्राहरूको समेत सहभागिता रहेको छ ।

यस्तै भेटघाट कार्यक्रममा रथीवृन्द, राष्ट्रिय सेवा दल, नेपालका कार्यकारी महानिर्देशक लगायत युथ एक्सचेन्ज प्रोग्राममा सहभागी नेपाल तथा भारतका नेशनल क्याडेट क्रप्सका छात्र छात्राहरूको उपस्थिति थियो ।

राष्ट्रिय सेवा दल अन्तर्गत नेपालमा हालसम्म ७४ हजार ४८० जना छात्र/छात्राहरूले सिनियर तथा जुनियर डिभिजन तालिम प्राप्त गरिसकेका छन् भने यस वर्ष ७ हजार ७०४ छात्र/छात्राहरू उक्त तालिम सहभागी भइरहेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर