कीर्तिपुरको दर्शन सहकारी समस्याग्रस्त घोषणा
११ कार्तिक २०८१ १७:५२
बागमती प्रदेश सरकारले कीर्तिपुर नगरपालिकामा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ ।
बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले आज आइतबार दर्शन सहकारीलाई प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ को उपदफा २ बमोजिम समस्याग्रस्त सहकारी घोषणा गरेको हो ।
काठमाडौँस्थित प्रदेश सरकार मातहतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई दर्शक सहकारीमा सिलबन्दी गर्न निर्देशन दिइसकिएको मन्त्री ठकुरीले बताए ।
बागमती प्रदेशको सहकारी महाशाखाका अनुसार दर्शन सहकारीले २०० जना भन्दा बढी बचतकर्ताको रकम अपचलनको आशंका गरेको छ ।
प्रतिक्रिया