सत्तारूढ दलद्वारा ७ बुँदे संयुक्त वक्तव्य जारी (वक्तव्यसहित)

सत्ता पक्षीय राजनीतिक दलहरूको बैठकमा सरकारको सय दिनको काम कारबाहीबारे समीक्षा भएको छ ।

शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारको समीक्षासहित आगामी दिनमा सरकारलाई प्रभावकारी बनाउनेबारे छलफल भएको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिए ।

‘बैठकमा नेपालका प्रमुख राजनीतिक दलहरू एमाले र कांग्रेसले विगतमा गरेको सात बुँदे सहमति र न्यूनतम कार्यक्रमका आधारमा सरकारको समीक्षा गरेका छौ’, उनले बैठकपछि भने, ‘आगामी दिनमा सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने संयुक्त वक्तव्य जारी गर्ने निर्णय भएको छ ।’

बैठकले रास्वपा नेता कार्यकर्ताले प्रदर्शनका नाममा लोकतान्त्रिक वातावरण बिथोल्ने प्रयास गरेको निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर