कस्तो छ आजको मौसम ?
९ कार्तिक २०८१ ६:५०
देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै कोशी प्रदेशमा बङ्गालको खाडीमा विकसित चक्रवात समुद्री आँधी ‘दाना’ को आंशिक प्रभाव समेत रहेको छ ।
कोशी प्रदेश र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
आज राति कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया