समस्याग्रस्त सबै सहकारीको समस्या आगामी वर्षभित्र समाधान हुन्छ : मन्त्री अधिकारी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आगामी वर्षभित्र सबै समस्याग्रस्त सहकारीको समस्या समाधान गर्ने बताएका छन्।

बिहीबार मन्त्रालयले सय दिनको अवधिमा गरेका प्रमुख कार्य र उपलब्धिहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले आगामी वर्षभित्र पहिचान भएका २२ वटै समस्याग्रस्त सहकारीहरुको समस्या समाधान गर्ने बताएका हुन्।

उनले २२ वटा समस्याग्रस्त सहकारीहरुमध्ये ३ वटा सहकारीको समस्या हल भइसकेको बताए। यो वर्षभित्र बाँकी रहेका १० वटा सहकारीहरुको सम्पूर्ण समस्या समाधान गर्ने र बाँकी सहकारीहरुको आगामी वर्षभित्र समाधान गर्ने उनले दाबी गरे।

सम्बन्धित सहकारीहरुको सञ्चालक र पीडितहरुसँग समन्वय गरेर पीडितहरुको बचत फिर्ता गरिने उनको भनाइ छ। यद्यपि, कसरी बचत फिर्ता गर्ने भन्नेमा भने नीति बनाउन बाँकी रहेकाले नीति बनाएर अगाडि बढ्ने उनको भनाइ थियो।

यस्तै, मन्त्री अधिकारीले भूमिहीन र सुकुम्बासीहरुको समस्या समाधानका लागि छिटै भूमि समस्या समाधान आयोग बनाइने बताए। उनले यसका लागि प्रक्रिया सुरु गरिसकिएको उल्लेख गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर