घूस रकमसहित प्रमुख प्रशासकीय अधिकृत अख्तियारको नियन्त्रणमा

बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घूससहित पक्राउ परेका छन् ।

सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साहलाई सेवाग्राहीसँग ७८ हजार रुपैयाँ घूस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको  हो ।

आयोगले दिएको जानकारी अनुसार बिल भुक्तानीको रकम दिएबापत सेवाग्राहीसँग घूस लिएको अवस्थामा साहलाई पक्राउ गरिएको हो ।
उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *