
कतारको राजदूतमा पौडेल नियुक्त


कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेल नियुक्त भएका छन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राजदूत नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेललाई नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया