
अध्यागमन विभागको महानिर्देशकमा रिजाल, चितवनका सिडिओमा पौडेल

गृह मन्त्रालयले दुई सहसचिवलाई जिम्मेवारी तोकेको छ।
मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा गोविन्द रिजाललाई जिम्मेवारी दिएको छ। यसअघि महानिर्देशक रहेका कोषहरि निरौलालाई हालै सरुवा गरेपछि त्यहाँ रिजाललाई ल्याइएको हो ।
त्यस्तै, अर्का सहसचिव प्रकाश पौडेललाई चितवनको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। दुवै सहसचिवहरू केही महिनायता गृह मन्त्रालयमा जिम्मेवारीविहीन थिए।
प्रतिक्रिया