२० अंकले घट्यो नेप्से, कारोबार कति ?

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २०.४१ अंकले घटेको छ । प्रि–ओपन सेसनमा ९ अंकले बढेको सुरु भएको नेप्से बजार बन्द हुँदा भने ०.७६ प्रतिशतले घटेर २६४५.३९ विन्दुमा पुगेको छ । 

आज दिनभरमा ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता शेयर कारोबार भएको छ । 

बुधबार ७६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

बजार खुल्ला रहँदासम्म ३२४ वटा कम्पनीको शेयर कारोबारमा आएको छ । ६५ हजार ९१ पटक शेयर किनबेच भएको छ । 

आज १३ वटा समूहमध्ये २ वटा बाहेक सबै समूह राताम्य भएको छ । फाइनान्स समूह २.३२ अंकले बढेर ३ हजार ३६०.५८ विन्दुमा पुगेको छ भने ट्रेडिङ समूह ०.२५ प्रतिशतले बढेर ३ हजार ६१५.६२ विन्दुमा पुगेको छ । 

आज सबैभन्दा बढी वाणिज्य बैंक समूह १.७० प्रतिशतले घटेर १ हजार ५३९.२५ विन्दुमा पुगेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.०१ प्रतिशतले घटेर २१.१८ विन्दुमा पुगेको छ । 

त्यस्तै, विकास बैंक समूह ०.६५ प्रतिशत, होटल एण्ड टुरिजम ०.७५, हाइड्रोपावर ०.५३, लगानी ०.३५जीवन बीमा ०.७१, उत्पादन तथा प्रशोधन ०.३८, लघुवित्त ०.३२, निर्जीवन बीमा ०.४३ र अन्य समूह ०.४५ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *