तीन महिनामा प्रभु बैंकको नाफा १ अर्ब बढी

प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ४ करोड खुद नाफा गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ३ करोड खुद नाफा गरेको थियो।

गत आर्थिक वर्षको तुलनामा बैंकको ब्याज आम्दानी र खर्च घटेपनि इम्पियरमेन्ट चार्ज घटेकाले बैंकको खुद नाफामा समान्य वृद्धि देखिएको हो।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ८ अर्ब २६ करोड खुद ब्याज आम्दानी र ५ अर्ब ७१ करोड ब्याज खर्च गरी २ अर्ब ५८ करोड खुद ब्याज आम्दानी गरेको थियो।

तर यस वर्ष ७ अर्ब ३ करोड ब्याज आम्दानी र ४ अर्ब ४० करोड ब्याज खर्च गरी २ अर्ब ६२ करोड खुद ब्याज आम्दानी गरेको छ। यस वर्षको पहिलो त्रैमासमा बैंकको इम्पियरमेन्ट चार्ज ७९ करोड ४१ लाखबाट घटेर ३८ करोड ४१ लाखमा आएको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खराब कर्जा भने बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खराव कर्जा ४.९५ प्रतिशत रहेकोमा यस वर्ष बढेर ४.९५ प्रतिशत कायम भएको छ।

खराब कर्जाका लागि प्रोभिजनिङ बढ्दा बैंकको वितरणयोग्य नाफा ३ करोड ४७ लाख रुपैयाँ मात्रै रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर