तिहारमा पटाकाजन्य पदार्थ पड्काउन बन्देज लगाइने

यो वर्षको तिहारमा पटाकाजन्य पदार्थ पड्काएर रमाइलो गर्न नपाइने गरी कडा बन्देज लगाइने भएको छ । गत सालहरूमा हरेक जिल्ला प्रशासनले पटाकाजन्य पदार्थ नपड्काउन सामान्य सूचना जारी गरे पनि पटाका अवैध किनबेच र पड्काउने कार्य हुने गरेका थिए । यस पटक सरकारले देशव्यापी रूपमा सर्कुलर जारी गरेरै पटाकाजन्य पदार्थ ओसारपसार र प्रयोगमा बन्देज लगाउने तयारी गरेको छ ।

दसैँअघि नै नेपालबाट मनसुन बाहिरिसकेकाले मौसम सुक्खा र चिसो हुँदै छ । जसका कारण वायुमा सुक्खापनसँगै प्रदूषणको मात्रा बढ्न थालेको छ । वातावरण र मानिसको जिउधनमा असर पार्ने भएकाले पनि तिहारमा पटाकाजन्य पदार्थमा पूर्ण रूपमा बन्देज लगाइने तयारी सरकारले गरेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए  ।

नेपालको छिमेकी भारतमा गत सातादेखि नै पटाकाजन्य पदार्थ यो वर्षको दीपावली र आसपासका पर्वमा गर्न नपाइने गरी कडाइ गरिसकिएको छ । जसका कारण त्यहाँ उत्पादित पटाकाजन्य पदार्थ नेपालमा अवैध रूपमा भित्रिने खतरा उच्च रहेको छ । खुला सीमानाकाबाट तराईका जिल्लामा पटाकाजन्य पदार्थको ओसारपसार तीव्र बनेको स्थानीयले बताएका छन् ।

पटाकाजन्य पदार्थको अवैध ओसारपसारमा खुला सिमाना निकै चुनौतीपूर्ण रहेको गृह प्रवक्ता तिवारीले बताउनुभयो । भारत सरकारले बन्देज लगाएपछि यता त्यसको खपत बढ्ने सम्भावनालाई ध्यनमा राखेर सीमानाकामा पटाकाजन्य पदार्थको ओसारपसारका कडाइ गरिने जानकारी तिवारीले बताए । सीमानाकामा सुरक्षाकर्मीको डेस्क नै तैनाथ गरेर अवैध ओसारपसार नियन्त्रण गर्ने तयारी सरकारले गरेको बताए ।

पटाका पड्काएपछि एकछिन रमाइलो लागे पनि त्यसले दिने असर मानव जीवन र जगत्मा दीर्घकालीन हुने भएकाले पहिले नै सचेतना अपनाउनुपर्ने वातावरण विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर