सेनाद्वारा सुनकोशी नदीमा वेली वृज जडान, आवागमन सुचारु

सिन्धुलीस्थित गोलन्जोर गाउँपालिका वडा नं.७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका वडा नं. ६ जोड्ने बिपी.राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदीमाथि रहेको पुल पुनर्निर्माण पश्चात् आजबाट यातायात आवागमन सुचारु भएको छ ।

आश्विन १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षा र तत्पश्चातको बाढीका कारण सुनकोशी नदी माथि रहेको १०० मिटर लामो पक्की पुलमध्ये रामेछापतर्फको ५१ मिटर पुल बगाए पश्चात् आवागमन पूर्णरुपमा अवरुद्ध भएको थियो ।

आश्विन २० गतेबाट प्राविधिक सहित खटिएको नेपाली सेनाको टोलीले अहोरात्र कार्य गरी कार्तिक ०५ गते वेली वृज जडान कार्य सम्पन्न गर्नुका साथै सोही दिन पुलको भार वहन क्षमता समेत परीक्षण गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर