तिहारलाई ४५ लाख माला, ६० प्रतिशत स्वदेशकै

यस पटकको तिहारमा मुलुकभर ४५ लाख गोटा माला खपत हुने भएका छन् । तिहारमा सयपत्री र मखमलीको माला खपत हुने गर्छ । फ्लोरिकल्चर एसोसिएसनका अनुसार यस वर्षको तिहारमा ३८ करोड रुपियाँ बराबरको सयपत्री, मखमली र गोदावरी गरेर ४५ लाख गोटा माला खपत हुने अनुमान छ ।

तिहारमा उपत्यकाभित्र ६० प्रतिशत र बाहिरी जिल्लामा ४० प्रतिशत माला खपत हुने गर्छ । एसोसिएसनका निवर्तमान अध्यक्ष मीनबहादुुर तामाङले तिहारका बेला आन्तरिक उत्पादनले ६० प्रतिशतसम्म माग धान्ने र ४० प्रतिशत आयात गर्नुपर्ने हुन्छ । प्रत्येक वर्ष मालाको माग १० प्रतिशतका दरले बढ्दै जाने जानकारी दिए ।

पुष्प व्यवसायमा नेपाल ९० प्रतिशत आत्मनिर्भर भए पनि तिहारका बेला बजारमा बढी माला खपत हुँदा आयात हुने गर्छ । व्यवसायीका अनुसार तिहारमा प्रतिगोटा सयपत्री माला ८० देखि एक सय रुपियाँसम्म पर्छ । तिहारमा नेपालबाट बेलायत अमेरिका, अस्टे«लियालगायतका मुलुकमा दुई लाखभन्दा बढी सयपत्री माला निर्यात पनि हुने तामाङले जानकारी दिए ।

तिहारमा लक्ष्मीपूजा गर्न, घर सजाउन र भाइटीकाका लागि मालाको बढी प्रयोग हुने गर्छ । तिहारमा छिमेकी मुलुक भारतबाट सयपत्री मालाको आयात धेरै हुने गर्छ । गत असोजमा आएको बाढीपहिरोले १२ करोड रुपियाँ बराबरको पुष्पजन्य वस्तु नष्ट भएकाले पनि तिहारमा स्वदेशी उत्पादनले बजार माग धान्न कठिन हुने व्यवसायीको भनाइ छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार मुलुकभर ५२ जिल्लामा २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ । त्यस्तै देशभर एक हजार १७४ वटा नर्सरी सञ्चालनमा छन् । आठ अर्ब ८३ करोड लगानी रहेको पुष्प व्यवसाया ५१ हजारले रोजगारी पाएका छन् ।

भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०र८१ मा पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात एक करोड दुई लाख रुपियाँको भएकोमा २७ करोड ७९ लाख रुपियाँको आयात भएको छ । पुष्प तथा पुष्पजन्य वस्तुको आयात बढ्दै गए पनि निर्यात भने न्यून छ ।

बिहीबारदेखि ललितपुरको जावलाखेल मैदानमा सत्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ । तिहार लक्षित सो प्रदर्शनी हुन लागेको हो । पुष्प व्यवसायको व्यावसायिक विकास तथा प्रवर्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । तिहारको बेला प्रत्येक वर्ष प्रदर्शनी हुँदै आएको छ ।

प्रदर्शनीमा ७५ वटा प्रदर्शनी स्टल रहने छन् । प्रदर्शनीमा गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर