सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई बयानका लागि बुटवल लगियो

सहकारी ठगी प्रकरणमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डीआईजी एवम् गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीलाई रूपन्देही पठाइएको छ । उनलाई आज (सोमबार) बुटवल पठाइएको हो ।

बुटवलको सुप्रिम सहकारी ठगीबारे अनुसन्धानका लागि जोशीलाई पोखराबाट बुटवल लगिएको हो । जोशीलाई प्रहरीले असोज ६ गते काठमाडौंमा पक्राउ गरेर कास्की लगेको थियो । गोरखा मिडियामा उनी जीबी राई र रवि लामिछानेका तत्कालीन साझेदार हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *