नदीजन्य पदार्थ उत्खनन गरी ओसारपसार गर्ने १३ वटा ट्याक्टर नियन्त्रणमा

दाङको तुलसीपुरमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरी ओसारपसार गरिरहेको अवस्थामा १३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको छ।

सोमबार दिउँसो १२ बजेतिर तुलसीपुर उपमहानगर– १२ र १६ मा पर्ने ग्वारखोलाबाट नदीजन्य पदार्थ ओसारपसार गरिरहेका १२ वटा र तुलसीपुर– ३ स्थित पातुखोलाबाट एउटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार नियन्त्रणमा लिइएका ट्याक्टरलाई आवश्यक कारबाहीका लागि तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा पठाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *