सङ्कटासन्न समुदायलाई मानवीय सहयोग जारी : आइएफआरसी
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)ले सङ्कटासन्न समुदायलाई आवश्यकताका आधारमा मानवीय सहयोग जारी रहेको जनाएको छ।
आइएफआरसीले नेपाल रेडक्रसमार्फत हालसम्म यस वर्षको मनसुनका अवधिमा नेपालका विभिन्न स्थानमा आएको बाढीपहिरो तथा डुबानबाट प्रभावित करिब पाँच हजार जनालाई खोज तथा उद्धार, प्राथमिक उपचार, सुरक्षित स्थानमा स्थानान्तरण तथा खाद्यान्न वितरणमा सहयोग गरेको जनाएको हो।
नेपाल रेडक्रसद्वारा जारी विज्ञप्तिका अनुसार हालसम्म तीन आठ सय १७ परिवारलाई रु दुई करोड २७ लाख बराबरको नगद र गैरखाद्य राहत सामग्री वितरण गरिसकिएको छ भने आठ सय ७४ जना स्वयंसेवक तथा कर्मचारी खोज तथा उद्धार कार्यमा परिचालित भएका छन्।
आइएफआरसीका महासचिव जगन चापागाईँले गत असोज १०, ११ र १२ गतेको बाढीपहिरो तथा डुबान प्रभावितका लागि तत्काल आइएफआरसीको आपत्कालीन सहयोग कोषमार्फत रु नौ करोडको सहयोग उपलब्ध गराउने घोषणा गरेका थिए।
प्रतिक्रिया