यातायात सम्बन्धी सबै काम प्रदेश सरकारले गर्नुपर्छ : मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायातसम्बन्धि सम्पूर्ण काम प्रदेश सरकारले गर्नुपर्ने बताएका छन् ।

आईतवार काठमाडौंमा ट्राफिक भाइलेन्स रेकर्ड सिस्टमको शुभारम्भ गर्दै उनले यातायात सम्बन्धि सम्पूर्ण अधिकार संविधानले प्रदेश सरकारलाई दिएको उल्लेख गर्दै सोही अनुसार सम्पादन गर्नुपर्ने बताएका हुन् ।

मन्त्री दाहालले संघीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा प्रदेश सरकारहरुले आफ्नो अधिकार खोज्ने काममा ढिलाई गरिरहेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

उनले स्मार्ट लाईसेन्स कार्ड उत्पादन र वितरणको काम पनि प्रदेश सरकारमार्फत हुने बताए । संघीय सरकारले आफ्नो दायित्व पूरा गरेपनि लाईसेन्स कार्ड वितरण गर्ने काम अब प्रदेश सरकारले जिम्मेवार भएर गर्नुपर्ने मन्त्री दाहालको भनाई थियो ।

उनले प्रदेश सरकारले अझै पनि आफ्नो अधिकार खोज्ने मामिलामा पछि परेको पनि बताए । त्यस अवसरमा मन्त्री दाहालले सरकारले अझै पनि स्मार्ट लाईन्सेन्स कार्ड वितरण गर्न नसकेकोमा अफ्ठयरो महशुस भएको अनुभुति पनि सुनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर