रवि लामिछानेविरुद्धको फाइल न्यायाधीश दाहालको इजलासमा पेस हुने

सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय सभापति रवि लामिछानेलाई न्यायाधीश नवराज दाहालको इजलासमा पेस गरिने भएको छ ।

जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालका अनुसार अदालतले आइतबारका लागि म्यादसम्बन्धी फाइलहरू हेर्नका लागि न्यायाधीश दाहाललाई जिम्मेवारी तोकेको हो ।

शुक्रवार काठमाडौँमा पक्राउ परेका लामिछानेलाई सोही दिन राति नै पोखरा ल्याइएको हो । उनलाई केही बेरमा अदालतमा उपस्थित गराइँदै छ । शनिवार सार्वजनिक बिदा परेकाले उनलाई आज मात्रै अदालत उपस्थित गराउन लागिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *