‘वाइल्ड लाइफ टुरिज्म’का पायोनियर मिश्रको निधन

पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन भएको छ। टेम्पल टाइगर ग्रुपका कार्यकारी अध्यक्ष तथा ४० वर्षदेखि पर्यटन व्यवसायमा आवद्व व्यवसायी मिश्र  ७२ वर्षको उमेरमा निधन भएको हो।

बि‍स २००९ साल माघमा जन्मिएका मिश्रको  आइतबार बिहान निधन परिवारिक स्रोतले जानकारी दिएको छ। डेंगी र ब्रेन ह्माम्रेज भएका मिश्रको आइतबार निधन भएको हो।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) इन्टरनेसनलका पूर्वसचिव तथा कोषाध्यक्ष थिए। पाटा नेपाल च्याप्टरका पूर्वअध्यक्ष तथा एसोसिएसन अफ टुर अपरेटर्सका पूर्वअध्यक्षसमेत थिए।

नेपाल पर्यटन बोर्डका संस्थापक सदस्य तथा  चिलीका अवैतनिक वाणिज्यदूत मिश्र नेपालमा ‘वाइल्ड लाइफ टुरिजम’ का पायोनियर मानिन्छन्।

अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाली व्यवसायीको प्रतिनिधित्व समेत गर्दै आएका मिश्र नेपालमा खर्चालु तथा गुणस्तरीय पर्यटक भित्र्याउने कम व्यवसायीमध्ये  पर्दथे।

एक छोरा र श्रीमति भएका मिश्रको आजकै अन्तिम संस्कार गरिनेछ। मिश्रले कल्याणकारी संस्था बनाएर सामाजिक सेवाका विभिन्न क्षेत्रमा पनि काम गर्दै आएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर