इजरायली सेनाद्वारा दक्षिण बेरुतका बासिन्दालाई गाउँ छोड्न निर्देशन

इजरायली सेनाले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा आक्रमण गर्ने चेतावनी दिँदै त्यहाँका बासिन्दालाई दक्षिणी बेरुतका केही भाग छाड्न शनिबार आह्वान गरेको छ ।

दक्षिणी उपनगर दाहियाह र विशेष गरी  हेरेट हरेइक र वरपरका बासिन्दाहरूलाई तत्काल उक्त क्षेत्र छोड्न निर्देशन दिँदै इजरायली सैन्य प्रवक्ता अविचय अद्राईले एक्समा अरबी भाषामा लेखेको सन्देशमा भनेका छन् ‘तपाईँ हिजबुल्लाहसँग सम्बन्धित क्षेत्र र यसको वरपर रहनुभएको छ । इजरायली सेना (आईडीएफ)ले निकट भविष्यमा त्यस क्षेत्रमा कारबाही गर्न लागेको छ ।’

यसैबीच लेबनानको पूर्वी बेका उपत्यका क्षेत्रको एक सहरमा इजरायली आक्रमणमा परी शनिबार एक मेयरसहित चार जनाको मृत्यु भएको लेबनानको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सरकारी राष्ट्रिय समाचार एजेन्सीका अनुसार बालौल सहरको एक आवासीय भवनमा भएको आक्रमणमा परी चार जनाको मृत्यु भएको र उक्त आक्रमणमा नजिकैको सोहमोर सहरका मेयर हैदर शाहला पनि रहेको जनाइएको छ ।

यसैबीच, उद्धारकर्ताहरूलाई उद्धृत गर्दै गाजाबाट प्राप्त समाचारमा गाजाको उत्तरी क्षेत्रमा इजरायलले गरेको आक्रमणमा परी विगत दुई हप्तामा ४०० भन्दा बढीको मृत्यु भएको उद्धारकर्ताले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *