छविलाल जोशीलाई थप २० दिन हिरासतमा राख्न अदालतको अनुमति
२ कार्तिक २०८१ १९:१०
सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्व डीआइजी छविलाल जोशीमाथि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले थप २० दिनको अनुमति दिएको छ ।
शुक्रबार अदालतले उनलाई असोज १७ गतेदेखि लागू हुने गरी २० दिन म्याद थप गरेको हो । अदालत बन्द भएका कारण उनको १७ गतेदेखि नै म्याद थप हुन सकेको थिएन । असोज ६ मा पक्राउ परेका उनीविरुद्ध यसअघि पनि अदालतले पहिलो पटक पाँच दिन र दोस्रो पटक सात दिन म्याद थप गरेको थियो ।
प्रतिक्रिया