
रविलाई पक्राउ गर्न आउने प्रहरीलाई प्रतिकार नगर्न रास्वपाको आग्रह


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्न आउने प्रहरी अधिकारीहरूलाई प्रतिकार नगर्न नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आग्रह गरेको छ ।
रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाले यस्तो आग्रह गरेका हुन् । ‘पार्टी सभापतिलाई पक्राउ गर्न आउनुभएका प्रहरी अधिकारीहरूलाई कुनै किसिमको प्रतिकार र अवरोध नगर्न पार्टी सदस्यहरूलाई अनुरोध गरिएको छ,’ उनले भनेका छन् ।
उनले पार्टी सभापतिलाई सत्तापक्षले कसैको राजनीति अवसर जोगाउन कुण्ठित कदम चालेको आरोप उनले लगाएका छन् । ‘सत्तापक्षले राजनीतिक प्रतिशोध साँधेको कुरामा हामी स्पष्ट छौँ,’ उनले भने ।
प्रतिक्रिया