कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक आजदेखि तीन दिन बन्द हुने

मकवानपुरको कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक आजदेखि तीन दिन बन्द हुने भएको छ ।

इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने प्रहरी नायब उपरीक्षक  श्याम अर्यालले बताए।

दुवै सडकको  वैकल्पिक मार्ग हेटौँडा–भैँसे–पालुङ–काठमाडौँ र कान्तिलोकपथ–हेटौँडा–ठिङ्गन–काठमाडौँ प्रयोग गर्न उनले अनुरोध गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *