
अदालतको अवहेलना मुद्दामा बारका अध्यक्ष घिमिरेसँग लिखित जवाफ माग


नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको संयुक्त इजलासले बिहीबार रिट खारेज नगरेर जीवित राख्दै कारण देखाऊ आदेश जारी गरेको हो ।
घिमिरेले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा लेनदेन भएको दाबी गर्दै दिएको अभिव्यक्ति विरुद्ध असोज १४ गते सर्वोच्चले प्रतिवेदन उठाएर अदालतको अवहेलना निवेदन दर्ता गराएको थियो । बार लामो समयदेखि न्याय परिषद् नियमावलीको विरोधमा रहेको थियो । विरोधकै कार्यक्रम चलिरहेको समयमा न्याय परिषद्ले सर्वोच्चमा दुई जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि टसल सतहमा आएको थियो ।
प्रतिक्रिया