बाढीले क्षति पुर्‍याएका काभ्रेमा खानेपानी संरचनाको काम फास्ट ट्रयाकबाट गरिने

खानेपानी मन्त्री प्रदीप यादवले काभ्रेको रोशी खोला लगायतको बाढीले पनौती, बनेपा र धुलिखेल नगरपालिकामा क्षति गरेका खानेपानी मन्त्रालय अन्तरगत विभागका सबै संरचनाको काम फाष्ट ट्रयाकबाट गरिने बताएका छन् ।

गएको असोज १० गतेदेखि १२ गते सम्मको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण काभ्रेका विभिन्न खानेपानी मुहान संरचनामा भएको क्षतिको जानकारी लिन बिहीबार स्थलगत अवलोकनमा पुगेका थिए ।

सोही क्रममा मन्त्री यादवले भने, ‘मन्त्रालय मातहतका संरचनाको काम हामी तुरुन्तै सुचारु गछौँ, अन्य विषयगतका कामहरू आवश्यक प्रक्रिया पूरा गरेर अगाडि बढाउँछौँ ।’ पनौती लगायतका क्षेत्रमा अस्थायी रूपमा अहिले पानी आइरहेको भए पनि त्यो अस्थायी मात्रै भएको र फेरी वर्षा हुँदा बाढीले बगाउने भएकाले त्यसको स्थायी तथा दीर्घकालीन रूपमा समस्या समाधानका लागि योजना तयार गर्ने बताए ।

सोही क्रममा मन्त्री यादवले एकीकृत खानेपानी आयोजना खानेपानी मन्त्रालय अन्तरगत नपर्ने तथा सहरी विकास मन्त्रालय अन्तरगत पर्ने भएकाले एकीकृत खानेपानी आयोजनाको बगेको ११ किमी पाइपका विषयमा आफूले सहरी विकास मन्त्रालयसँग सल्लाह गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर