प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच बालुवाटारमा छलफल जारी

तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शीर्ष नेताको छलफलमा गृहमन्त्री रमेश लेखक, माओवादीबाट शक्ति बस्नेत र एमालेका नेता पनि मिसिएका छन् ।

भेटमा समसामयिक घटनाक्रमको विषयमा छलफल भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर