सरकारको सय दिन सफल रहेको कानुनमन्त्री चौरसियाको दाबी

कानुन न्याय तथा संघीय मामिलामन्त्री अजयकुमार चौरसियाले वर्तमान सरकारको सय दिन सफल भएको दाबी गरेका छन् ।

उनले भने, प्रमुख दुई दल नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहित अन्य दलहरुबीच सहकार्य भई गठन भएको सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सुशासनको प्रत्याभूति दिलाउन सफल रहेको छ ।’

नेपाल प्रेस युनियन पर्साद्वारा आज वीरगन्जमा दसैँ, तिहार, छठ र नेपाल संवत्को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले स्थानीय तहलाई बलियो बनाउन संघीय सरकारले सहयोग गर्ने जानकारी दिए । सञ्चारकर्मीका जिज्ञासामा मन्त्री चौरसियाले आगामी  संसद्को हिउँदे अधिवेशनमा संघ, प्रदेश र स्थानीय तहसँग सम्बन्धित कानुनहरू पारित हुने बताए । उनले भने, ‘आगामी संसदको हिउँदे अधिवेशनमा शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी विधेयक पनि पारित हुन्छन् ।’ नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा  सो कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर