चोभार आदिनाथमा एकमहिने मेला सुरु

प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन लाग्ने चोभार डाँडास्थित आदिनाथको मेला आज बिहानैदेखि सुरु भएको छ ।

कार्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुने उक्त मेला भर्न काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रबाट भक्तजन आउने गरेको स्थानीय हरिलाल श्रेष्ठले बताए ।

मेला अवधिमा आदिनाथको भक्‍तिपूर्वक पूजाअर्चना गरेमा निरोगी हुने जनविश्वास छ । साथै छालासम्बन्धी रोग पनि नलाग्ने जनश्रुति छ ।

आदिनाथ मन्दिरमा शिवपार्वतीको एकाकार मूर्ति छ जसलाई शिव र शक्तिका रूपमा बौद्ध धर्मावलम्बीहरूले पनि अर्चना गर्दै आएका छन् । हिन्दू तथा बौद्ध अनुयायीका निम्ति यो साझा सांस्कृतिक धरोहर भएको श्रेष्ठले बताए ।

मन्दिरमा विभिन्न भाँडावर्तन, गरगहना चढाउने प्रचलन छ । भक्तजनले बिहानैदेखि बाजागाजासहित मन्दिरमा भजनकीर्तन गरिरहेका छन् । काठमाडौँबाट करिब नौ किलोमिटर दक्षिणमा अवस्थित उक्त स्थलबाट काठमाडौं उपत्यकाको मनोरम दृश्य पनि देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर